को बन्ला लता मंगेशकरको सम्पत्तिको मालिक ?
- माघ २४, २०७८ मा प्रकाशित
काठमाडौं: ‘भारत रत्न’ लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भयो । कोरोना संक्रमित भएपछि मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना भएकी उनले अस्पतालमै अन्तिम श्वास फेरिन् । उनको निधनपछि भारतभर शोकको लहर छाएको छ ।
लताले सन् १९४२ मा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पहिचान पाएकी थिइन् । लताले विश्वभरका करिब ३६ भाषामा ४० हजार बढी गीत गाएकी छन् ।
एक गायिकाका रूपमा यति लामो करियरमा लताले निकै सम्पत्ति जोडिन् । लताको कुल सम्पत्ति ५० मिलियन अमेरिकी डलरको आसपास छ । उनको अधिकांश कमाई गीतको रोयल्टी र त्यसको लगानीबाट प्राप्त हुन्थ्यो ।
उनले पहिलोपटक मराठी फिल्म ‘किति हसाल’का लागि गीत गाएकी थिइन् । यो उनको पहिलो गीत कहिल्यै रिलिज भएन । उनको पहिलो कमाई २५ रुपैंयाँ थियो । तर जीवनको अन्तिम क्षणसम्ममा उनी करोडौं सम्पत्तिको मालिक बनेकी थिइन् । अन्तिम समयसम्म उनको मासिक आम्दानी ४० लाख रुपैंयाँ थियो ।
लताको दक्षिण मुम्बईको पेडर रोडमा घर छ, जसको नाम प्रभुकुञ्ज भवन हो । उनी यही घरमा बस्थिन् । यो घरको मूल्य करोडौंमा पर्छ । लता कारको शौखिन थिइन् र उनीसँगै शेवरले, ब्युक र क्रिसलर ब्रान्डका गाडी थिए । लतालाई फिल्म निर्माता यश चोपडाले ‘वीर जारा’को गीत रिलिज हुनासाथ एक मर्सिडिज कार उपहार दिएका थिए ।
लताले आजीवन विवाह गरिनन् । उनलाई दागबत्ती उनको भाइ हृदयनाथ मंगेशकरले दिएका थिए । जो अब लताको सम्पत्तिको मालिक हुन सक्छन् । यद्यपि अहिलेसम्म मालिक को हुने भन्ने आधिकारिक खुलेको छैन । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments