युक्रेन अतिक्रमण गर्न ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी
- माघ २४, २०७८ मा प्रकाशित
न्युयोर्क: रसियाले आगामी साताहरुमा युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्न आवश्यक सैन्य क्षमताको ७० प्रतिशत भेला गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्रपति जो बाइडनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वाशिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा सो उल्लेख छ । आक्रमण भएको अवस्थामा युरोपमा शरणार्थी संकट उत्पन्न हुने अधिकारीहरुले जनाएका छन् ।
रसियाली भूमिमा मध्येजनवरीदेखि हिउँ पर्ने र यसले मस्कोलाई अझै ठूला हतियार लैजान सहयोग मिल्ने अमेरिकी गुप्तचर निकायको सूचनालाई हवाला दिँदै अमेरिकी सञ्चार माध्यमहरुले यस्तो जानाकारी दिएका हुन् । युक्रेनसँगको सीमामा रसियाले १ लाखभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरेको छ । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments