सात क्यासिनोलाई रोयल्टी बुझाउन सरकारको अल्टिमेटम
- माघ १९, २०७८ मा प्रकाशित
काठमाडौँः सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले सात कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण बापतको आव २०७७÷७८ सम्मको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको हो । सात कम्पनीले ८७ करोड १५ लाख १५ हजार बक्यौता तिरेका छैनन् ।
यीमध्ये क्यासिनो सञ्चालनको इजाजतपत्र लिएका दुई कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल सञ्चालनको इजाजत लिएका तीन कम्पनी छन् । पर्यटन विभागले आज सार्वजनिक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि क्यासिनो कम्पनीले बक्यौता बुझाउन अटेर गरेको भन्दै तोकिएको अवधिमा बक्यौता नबुझाउने कम्पनीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागका अनुसार बक्यौता नबुझाउने क्यासिनो इजाजतपत्र लिएको कम्पनी होटेल याक एन्ड यति प्रालिले २० करोड ६८ लाख १५ हजार र ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन होटेल) ले १८ करोड ७६ लाख रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, क्यासिनो सञ्चालक ह्याप्पी आवर, रक इन्टरनेसनल र सेन्ट्रल मिडिया प्रालिले बक्यौता बुझाएका छैनन् । ह्याप्पी आवरले २१ करोड ५५ लाख, रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ र सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी छ । -रासस
सम्बन्धित खवर
-
ताजा मंसिर १८, २०८१रविलाई काठमाााडाै पछिि चितवन ल्याइयााे , सुरक्षा व्यवस्था बनााइयाे कडा
-
ताजा मंसिर १७, २०८१एमाले कोशी प्रदेशको प्रमुख सचेतकमा संखुवासभाका बिदुर लिङ्थेप
-
ताजा मंसिर १७, २०८१इटहरीका रेवती रमण भण्डारी कोशी सरकारकाे कानुन मन्त्रीमा नियुक्त : लिए शपथ
-
ताजा मंसिर १७, २०८१हिजो घटेको सुनको मूल्यमा आज थप गिरावट, चाँदी पनि सस्तियो
-
ताजा मंसिर १७, २०८१ओखलढुंगाकाे मोलुङ ५ मा कांग्रेसकाे पक्का भइसकेकाे जित एमालेले खाेस्याे , गंगाबहादुरले मारे बाजी
Comments