रविलाई काठमाााडाै पछिि चितवन ल्याइयााे , सुरक्षा व्यवस्था बनााइयाे कडा
- मंसिर १८, २०८१ मा प्रकाशित
चितवन । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि चितवन पुर्याइएको छ । लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत काठमाडौँबाट चितवन लगिएको हो । चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो ।
उनलाई चितवन ल्याइने भएपछि सुरक्षा चुनौती हुने देखेपछि प्रहरी प्रमुख एसपी मिश्रले कुन उडानमार्फत लामिछानेलाई चितवन ल्याइने भन्ने जानकारी सार्वजनिक गरेका थिएनन् । कडा सुरक्षा व्यवस्थाकाबीच लामिछानेलाई एयरपोर्टबाट जिल्ला प्रहरी कार्यालय चितवन लगिएको छ ।
साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन पुर्याइएको हो । तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई सहकारी रकम हिनामिना गरेको आरोप छ । प्रहरीले उनीमाथि सम्पती शुद्धिकरण तथा संगठित अपराधमा पनि मुद्दा चलाउने तयारी स्वरुप बयान गरिरहेको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बयानका लागि आवश्यक कागजात मिलाएपछि सरकारी वकिल कार्यालयमा लगिने जनाइएको छ । साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा मंसिर १८, २०८१रविलाई काठमाााडाै पछिि चितवन ल्याइयााे , सुरक्षा व्यवस्था बनााइयाे कडा
-
ताजा मंसिर १७, २०८१एमाले कोशी प्रदेशको प्रमुख सचेतकमा संखुवासभाका बिदुर लिङ्थेप
-
ताजा मंसिर १७, २०८१इटहरीका रेवती रमण भण्डारी कोशी सरकारकाे कानुन मन्त्रीमा नियुक्त : लिए शपथ
-
ताजा मंसिर १७, २०८१हिजो घटेको सुनको मूल्यमा आज थप गिरावट, चाँदी पनि सस्तियो
Comments