•  १९ मंसिर २०८१, बुधबार
  •  2:24:45 PM

उपनिर्वाचन : उपप्रधानमन्त्री सिंहले गरे मतदान

- मंसिर १६, २०८१ मा प्रकाशित



काठमाडौं । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् ।  उनी काठमाडौं महानगरपालिका–१६ का मतदाता हुन् ।

उपप्रधानमन्त्री सिंहले पकनाजोलस्थित युवक मावि मतदान केन्द्रमा पुगेर मतदान गरेको उनको सचिवालयले जनाएको छ। काठमाडौं–१६ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि उपनिर्वाचन भएको हो ।  यहाँ उपनिर्वाचनका लागि २१ हजार २६ मतदाता कायम छन् ।

Comments

सम्बन्धित खवर