सात किलो चाँदीको अवैध गरगहनासहित एक महिला पक्राउ
- माघ १९, २०७८ मा प्रकाशित
मोरङ: मोरङ प्रहरीले अवैध चाँदीका गहनासहित एक जना महिलालाई पक्राउ गरेको छ । अवैध गहनासहित मोरङ सुनवर्षी नगरपालिका-९ घर भएकी २९ वर्षीया मन्जु सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँचका क्रममा उनको साथबाट प्रहरीले ७ केजी ४६ ग्राम तौल (पायल ठूलो २० पिस, सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस) बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त गहनाको मूल्य अन्दाजी सात लाख बराबर रहेको छ ।
पक्राउ परेकी उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा भाद्र ३१, २०८१माओवादीले सदन अवरोध खोल्यो, प्रतिनिधि सभा बैठक सुचारु
-
ताजा भाद्र ३१, २०८१‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना चन्द्रगढी विमानस्थलबाट पक्राउ
-
ताजा भाद्र ३१, २०८१झापाकाे धानबालीमा देखियो ‘सिथ ब्लाइट’
-
ताजा भाद्र ३१, २०८१२०८२ मा भेट्ने वाचा सहित सकीयाे कटहरीमा कृषी एक्सपाे : एक लाखले गरे अवलाेकन
-
ताजा भाद्र ३१, २०८१ललितपुरबाट एक हजारका ११५ थान नक्कली नोटसहित युवक पक्राउ
Comments