हिजो घटेको सुनको मूल्य आज बढ्यो, चाँदी पनि महँगियो
- मंसिर १४, २०८१ मा प्रकाशित
इटहरी । आज सुनचाँदीकै मूल्य बढेको छ। बिहीबार घटेको सुनचाँदीकै मूल्य आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बिहीबार प्रतितोला तीनसय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो।
आज सुनको मूल्य तोलाको एक लाख ५० हजार नौसय रुपैयाँ निर्धारण भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ४९ हजार तीनसय रुपैयाँ थियो।
गएको सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय र मंगलबार दुई हजार ६ सय रुपैयाँ घटेको थियो।आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ४५ रुपैयाँ निर्धारण भएको छ। हिजो चाँदी तोलाको एक हजार आठसय रुपैयाँ थियो।
सरकारले भन्सारदर घटाएपछि यो साता सुनचाँदीकै भाउमा उच्च गिरावट आएको छ। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
सम्बन्धित खवर
-
ताजा मंसिर १६, २०८१दुर्घटना राेक्न कोशीका सडकमा टाइम कार्ड लागू
-
ताजा मंसिर १६, २०८१आज पनि घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
-
ताजा मंसिर १६, २०८१भोटखोलामा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या
-
ताजा मंसिर १६, २०८१उपनिर्वाचन : उपप्रधानमन्त्री सिंहले गरे मतदान
-
ताजा मंसिर १६, २०८१सिरहामा गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्युपछि राजमार्ग अवरुद्ध
Comments