स्वास्थ्यकर्मीलाई ‘हनी ट्रयाप’ प्रकरण : इलामकी २५ वर्षीया समृद्धिले बनाएकि थिइन याेजना , ८ लाख रूपैयामा मिलिसकेकाे कुरा कहाँ बिग्रीयाे ?
- मंसिर १४, २०८१ मा प्रकाशित
इटहरी । आपराधिक लाभको उद्देश्यले योजनाबद्ध रूपमा फार्मेसी सञ्चालकलाई ‘हनी ट्र्याप’ मा फसाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा इलामकी २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । भक्तपुरस्थित राधेराधे नजिकै डेरामा बोलाएर उनीहरूले फार्मेसी सञ्चालक ३३ वर्षीय युवकलाई हनी ट्र्यापमा पारेर रकम असुलेका हुन् ।
घटना २०८१ मङ्सिर ६ गतेबाट सुरु भएको प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए । वर्षा दर्जीले मेसेन्जरमार्फत पीडित व्यक्तिसँग सम्पर्क गरी घाउको ड्रेसिङ गर्न बोलाइन् । पीडितले उनी बसेको कोठामा पुगेपछि दर्जीको खुट्टामा कुनै घाउ नभएको देखे । कोठाको ढोका लगाई डर देखाउँदै पीडितलाई जबरजस्ती करणीको मुद्दामा फसाउने धम्की दिइयो ।
यसपछि अर्की अभियुक्त समृद्धि मगरले पनि पीडितलाई सहमतिमा आउन धम्क्याएको खुलेको छ । रकम माग गर्दै उनले १८ लाखबाट सौदाबाजी गरी ८ लाखमा कुरा मिलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मङ्सिर ११ गते, कौशलटारस्थित वेभ सेकुवा कर्नरमा २५ हजार नगद र २५ हजार सिद्धार्थ बैंकको क्यूआर कोडमार्फत माग गरियो । थप ७५ हजार रुपैयाँ चेकको माध्यमबाट दिइएको थियो । प्रहरीका अनुसार, तीनै अभियुक्त यस प्रकारका अपराधमा संगठित रूपमा सक्रिय रहेको देखिएको छ ।
घटनामा संलग्न एक अन्य व्यक्ति फरार छन् । तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । अरू व्यक्तिको खोजी जारी छ । उनीहरूको साथबाट ७५ हजार रुपैयाँको एसिया बैंकको चेक, नगद २० हजार ५ सय रुपैयाँ र चार थान मोबाइल बरामद गरिएको छ ।
दीपेन्द्र दर्जी यसअघि २०७१ सालमा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको खुलेको छ । पक्राउ परेका व्यक्तिहरूलाई आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ११, २०८१What Is Best Moment Of Month To Play Slot Machines?
-
ताजा पुष ११, २०८१How To Play Black Jack For Beginners Rules, Technique & Tips
-
ताजा पुष ११, २०८१How To Start A Web Casino: Costs, Licenses, Games And More
-
ताजा पुष ११, २०८१1вин Казино ᐉ Вход и Регистрация На 1win Официальный Сайт
-
ताजा पुष ११, २०८१इलामकाे माङ्सेबुङ जहाँ मासु र मदिरा प्रतिवन्ध छ
Comments