प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने, थालियो तयारी
- कार्तिक १२, २०८१ मा प्रकाशित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा निस्किने भएका छन् । कात्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएको १०० दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लागेका हुन् । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरेकी थिइन् ।
गएको असोजमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गरेका थिए । भेटमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भमणको निम्तो दिएका थिए । मोदीले अनुकूल समय मिलाएर आउने जवाफ दिए पनि प्रधानमन्त्री ओलीलाई भने भारत भ्रमणको निम्तो दिएका थिएनन् ।
भारत भ्रमणका लागि तत्काल निम्तो आउने सम्भावना नदेखेपछि ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्न लागेका हुन् । यसअघि प्रधानमन्त्री हुँदा ओलीले भारतबाटै पहिलो विदेश भ्रमण गरेका थिए । चीन भ्रमणमा जानुअघि प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनीसीएटीभ (बीआरआई) परियोजनाको कार्यप्रगति के कति भयो भनेर सोधीखोजी थालेका छन् ।
सात वर्षअघि नै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ । यसअघि २०७५ सालमा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले चीन भ्रमण गर्दा केरुङ–काठमाडौँ रेल्वेसम्बन्धी परियोजना, बेल्ट एन्ड रोड परियोजनामा गरिएको समझदारीपत्रको कार्यान्वयन, बन्दरगाह, सडक, रेल्वे, उड्डयनलगायतका विषयमा सम्झौता भएको थियो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २३, २०८१चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु
-
ताजा कार्तिक २३, २०८१‘कबड्डी ४’ लाई उछिन्दै विराजको ‘१२ गाउँ’ ले बनायो बक्सअफिसमा नयाँ रेकर्ड
-
ताजा कार्तिक २३, २०८१विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सातामै कमायो सवा ८ करोड
-
ताजा कार्तिक २३, २०८१त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द
-
ताजा कार्तिक २३, २०८१खाेटाङमा मृग भनेर हानेको गोली आफ्नै साथीलाई लागेपछि …
Comments