•  २ कार्तिक २०८१, शुक्रबार
  •  2:38:03 PM

राजमार्ग सुरक्षामा चुनौतीको चाङ : एसपी घिमिरे भन्छन्, डटेर लाग्छौँ

- कार्तिक १, २०८१ मा प्रकाशित



इटहरी। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनलाई अब्बल बनाउने बताएका छन्। सुनसरीको इटहरीस्थित कार्यालय सभाहलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। बडा दशैं सकिएर दीपावली सुरु हुने क्रममा जनतालाई आभास दिलाउने गरी ट्राफिक व्यवस्थापन मिलाउने तर्फ आफू लगायत सिङ्गो टिम तत्पर रहेको एसपी घिमिरेले बताए।

उनले कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन त्यति सजिलो नरहेको बताउँदै उत्पन्न चुनौतीहरूलाई भएका स्रोत र साधन प्रयोग गरी हल गर्दै लैजाने बताए। इटहरीमा सफारी व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, सवारी पार्किङ, ओभर लोड जस्ता समस्याहरू धेरै रहेकाे र तिनिहरूलाई न्यूनिकरण गर्न ट्राफिक प्रहरी लागि परिरहेको पनि उनले बताए।

कोशी प्रदेशमा बढ्दो शहरीकरणसँगै अन्यत्रबाट बसाइसराइ गरिएका मानिसहरूको चाप र राजमार्गले धान्न नसक्ने सवारी साधनहरूका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिएको उनले बताए। कोशीमा चाहिनेभन्दा कम संख्या प्रहरी परिचालन हुनु र स्रोत साधन पनि पर्याप्त नहुनुले समस्या भएको एसपी घिमिरेले बताए। हाल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीमा जम्मा ५०० जना ट्राफिक प्रहरी कार्यालयहरू परिचालन भएका छन् भने इटहरीमा भने ७० जना मात्रै प्रहरी खटिएका छन्।

Comments

सम्बन्धित खवर