•  २ कार्तिक २०८१, शुक्रबार
  •  8:21:54 PM

पर्साको मितेरी पुलमा एसएसबीले चलायो गोली

- आश्विन २९, २०८१ मा प्रकाशित



पर्सा । पर्साको मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ। मंगलबार दिउँसो एसएसबीले कवाडी सामान लिएर आउँदै गरेको मान्छेलाई ताकेर गोली चलाएको स्थानीयले प्रहरीलाई बताएका छन्।

गोलीको खोटा फेला परेको छ। अहिले घटनास्थलमा पर्साको प्रहरी टोली पुगिसकेको छ। पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Comments

सम्बन्धित खवर