•  २ कार्तिक २०८१, शुक्रबार
  •  8:16:24 PM

दसैंमा घर आएका प्रहरी हबलदारको ट्रकको ठक्करबाट मृत्यु

- आश्विन २९, २०८१ मा प्रकाशित



नवलपरासी । नवलपरासीमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका– १५ सुक्रौलीस्थित हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ आउँदै गरेको ना.५ ख २२५५ म्बरको ट्रकले सोही दिशातर्फबाट आउँदै गरेको लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक प्रहरी हवल्दार ३९ वर्षीय चुडामणि भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । नवलपरासीकै सुनवल– १३ घ्युडल्ला घर भएका भट्टराई इलाका प्रहरी कार्यालय थवाङ रोल्पामा कार्यरत थिए । दसैँ मान्न घर आएको बेला उनी दुर्घटनामा परेका हुन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई उपचारको लागि प्रहरीले गाडीमा राखेर जिल्ला अस्पताल परासीमा लगेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले केही समय रामग्राम नगरपालिका–१५ सुक्रौलीमा हुलाकी सडक खण्ड अवरुद्ध गरेका थिए । दुर्घटनापछि ट्रक चालकलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए । प्रहरी हवल्दार भट्टराईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा राखिएको छ ।

Comments

सम्बन्धित खवर