•  २ कार्तिक २०८१, शुक्रबार
  •  8:20:55 PM

झापामा छिमेकीको आँगनमै श्रीमतीको हत्या , फरार चौहान जंगलबाट समातिए

- आश्विन २९, २०८१ मा प्रकाशित



झापा । झापाको अनर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार एक व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् । झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले साेमबार साझ करीब ५ बजे जुकेखाँडी जङ्गलमा लुकिछिपी हिंरिहेका बेला पक्राउ गरेको हो ।

चौहानले श्रीमती ३७ बर्षीया मुना चौहानलाई सोही ठाउँका भरत कुमालको आँगनमा दिउँसो करीब  ३ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डीएसपी कृष्ण चन्दले जानकारी दिए । घटना पश्चात फरार भएका उनी स्थानीय जुकेखाडी जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।

Comments

सम्बन्धित खवर