मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक युवकको मृत्यु, तीन जना घाइते
- आश्विन २८, २०८१ मा प्रकाशित
चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक खैरहनी नगरपालिका–१ बस्ने वर्ष २१ को दीपेश चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते अवस्थामा रहेका चौधरीको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा आइतबार साँझ सवा ७ बजे मृत्यु भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार स्कुटरमा पछाडि सवार खैरहनी नगरपालिका–१ बस्ने वर्ष २४ का अर्जुन चौधरी गम्भीर घाइते भएका छन् । नाक र मुखमा चोट लागी घाइते भएका चौधरीको मनकामना अस्पतालमा उपचार जारी छ ।
त्यसैगरी मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ बस्ने वर्ष २२ को अनिस बस्नेत र सोही मोटरसाइकलको पछाडि बस्ने सोही स्थानका वर्ष २२ को सुजेक दराई घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको र पुरानो मोडिकल कलेज भरतपुरमा उपचार भइरहेको यादवले जानकारी दिए । दुर्घटना आज साँझ सवा ६ बजेको हो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments