•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:05:08 PM

खेतमा काम गरिरहेका नेपालीमाथि भारतीय वन रक्षकले चलायो गोली

- आश्विन २८, २०८१ मा प्रकाशित



नेपालगञ्ज । बर्दियाको नेपाल–भारत सीमा क्षेत्रमा खेतमा काम गरिरहेका एक नेपालीमाथि भारतीय वन रक्षकले गोली चलाएका छन् । बर्दियामा भारतीय वन रक्षकले गोली हान्दा नेपाली घाइते भएका छन् । गुलरिया नगरपालिका– ८, आशापुरका बालाराम लोधमाथि भारतीय वन रक्षकले गोली चलाएका हुन् ।

भारतीय सीमा नजिकको आफ्नो खेतमा जंगली जनावर धपाउन गएका लोधलाई भारतीय वन रक्षकले पारीबाट गोली हानेका हुन् । हिजो राति करिब सात बजे उनीमाथि गोली चलाइएको हो । लोधलाई १६ वटा छर्रा लागेको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । नेपाली प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । आशापुरबाट केही वर्षअघि भारतीय वन रक्षकले यसरी नै गोली हानेर पक्राउ गरी एक जना लोध नै थर भएका व्यक्तिलाई बेपत्ता पारेका थिए ।

Comments

सम्बन्धित खवर