•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:06:24 PM

रतन टाटाका सौतेला भाइ नोएल बने टाटा ट्रष्टको नयाँ अध्यक्ष

- आश्विन २७, २०८१ मा प्रकाशित



एजेन्सी । भारतका उद्योगपति रतन टाटाको निधनपछि उनको उत्तराधिकारीका रुपमा नोएल नवल टाटाको नाम घोषणा गरिएको छ । मुम्बईमा भएको बैठक पछि, टाटा ट्रष्टहरू सम्मिलित धेरै ट्रस्टका ट्रष्टीहरूले सर्वसम्मतिले नोएल नवल टाटालाई टाटा ट्रष्ट र यस अन्तर्गतका अन्य सबै ट्रष्टहरूको अध्यक्षको रूपमा नियुक्त गर्ने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

६७ वर्षीय नोएल टाटा रतन टाटाका सौतेलो भाइ हुन् । अब उनी टाटा ट्रष्टको अध्यक्ष बनेका छन् । यो निर्णय तत्काल लागू भएको बताइएको छ । नोएल टाटाले आफ्नो नियुक्तिपछि टाटा र टाटा समूहका संस्थापकहरूको विरासतलाई अगाडि बढाउन तत्पर रहेको बताउदै एक शताब्दी भन्दा बढी अघि स्थापित, टाटा ट्रष्ट सामाजिक कल्याण को लागी एक अद्वितीय वाहन भएको बताए । उनले टाटा ट्रष्टहरू एक समूह हो जसले अप्रत्यक्ष रूपमा १६५ बिलियन डलरको नुन देखि सफ्टवेयर समूहलाई नियन्त्रण गर्दछ ।

नोएल टाटाले टाटा समूहका धेरै कम्पनीहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी हाल ट्रेन्ट, टाटा इन्टरनेशनल लिमिटेड र भोल्टास लिमिटेडलगायत धेरै कम्पनीका अध्यक्ष छन् । नोएल टाटा टाटा स्टिल लिमिटेड र टाइटन कम्पनीको उपाध्यक्षको रूपमा सेवा गर्दै, सन् २००० देखि टाटा समूहको कम्पनीहरूसँग सम्बन्धित छन् ।

समूहमा आबद्ध भएदेखि उनले समूहको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । टाटा सन्समा ६५।३ प्रतिशत शेयर राख्ने टाटा ट्रष्टहरू दुई प्राथमिक ट्रष्टहरू, सर दोराबजी टाटा ट्रस्ट र टाटा ट्रस्टबाट बनेका छन् । यी संस्थाहरूको मिलेर टाटा सन्सको ५० प्रतिशतभन्दा बढी स्वामित्व छ । आफ्नो कार्यकालमा उनले कम्पनीको कारोबार ५०० मिलियन डलरबाट ३ बिलियन डलर भन्दा बढि बढाए ।

उनले यसअघि ट्रेन्ट लिमिटेडको पनि व्यवस्थापन गरेका थिए, जसलाई आज एउटा स्टोरबाट बढाएर ७०० भन्दा बढी स्टोरमा पुर्‍याइएको छ । युनिभर्सिटी अफ ससेक्स, बेलायतबाट स्नातक गरेका नोएल एच टाटा र साइमन एन टाटाका छोरा हुन् । रतन टाटाका पिता नवल टाटाले दुई विवाह गरेका थिए । नवल टाटाको पहिलो विवाह सुनी टाटासँग भएको थियो, जसबाट उनका दुई छोरा रतन टाटा र जिमी टाटा थिए । सुनी टाटासँग सम्बन्धविच्छेदपछि नवल टाटाले सन् १९५५ मा स्वीस व्यवसायी सिमोनसँग दोस्रो पटक विवाह गरे ।

नोएल टाटा नवल टाटा र साइमन टाटाका छोरा हुन् । नोएल ४० वर्षदेखि टाटा समूहसँग आबद्ध छन् र हाल टाटा समूहका धेरै कम्पनीहरूको बोर्डमा सेवा गरिरहेका छन् । उनी भोल्टास लिमिटेड, टाइटन इन्डस्ट्रिज लिमिटेड, टाटा इन्भेष्टमेन्ट कर्पोरेशन र बम्बे चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजस्ता विभिन्न टाटा कम्पनीका निर्देशक छन् । उनले ट्रेन्ट, नेस्ले युके र टाटा एक्सपोर्ट्स लिमिटेड (अहिले टाटा इन्टरनेशनल लिमिटेड) का लागि पनि काम गरेका छन् ।

नोएल टाटाले टाटा सन्सका सबैभन्दा ठूलो एकल शेयरधारक र साइरस मिस्त्रीका बुबा पल्लोनजी मिस्त्रीकी छोरी आलू मिस्त्रीसँग विवाह गरेका छन् । दम्पतीका तीन सन्तान छन्, जसमा लिआ टाटा, माया टाटा र नेभिल टाटा छन् । नोएल टाटाकी छोरी लिआ टाटाले पनि टाटा समूहमा आफ्नो छाप छोडिरहेकी छिन् । स्पेनको प्रतिष्ठित आईई बिजनेस स्कूलमा मार्केटिङमा स्नातकोत्तर पूरा गरेकी छिन् र हाल टाटा समूहमा काम गरिरहेकी छिन् । लेआले आफ्नो व्यावसायिक यात्रा सन् २००६ मा ताज होटल्स रिसोर्ट्स एण्ड प्यालेसमा सहायक बिक्री प्रबन्धकको रूपमा सुरु गरेकी थिइन् ।

Comments

सम्बन्धित खवर