•  २ कार्तिक २०८१, शुक्रबार
  •  10:08:07 PM

रुकुम पश्चिममा टिकाकै दिन युवकले पुलबाट हामफालेर गरे आत्महत्या , श्रीमतीले डिभाेर्स मागेपछि तनावमा थिए युवक

- आश्विन २७, २०८१ मा प्रकाशित



रुकुमपश्चिम । रुकुम पश्चिममा दसैंको टीकाको दिन पुलबाट हाम फालेका एक युवकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका–१ का ३७ वर्षीय बुद्धिराम बोहरा टीकाको दिन दिउँसो ४ बजेतिर स्थानीय झोलुङ्गे पुलबाट हाम्फालेका थिए ।

मठ र सल्ले जोड्ने झोलुङ्गे पुलको माथिबाट झण्डै ६ सय मिटरमुनि हाम फालेका बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलले जानकारी दिए । श्रीमतीले सम्बन्ध विच्छेद (डिभोर्स) मागेको हुँदा बुद्धिरामले पुलबाट हाम फालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको डिएसपी पोख्रेलले बताए ।
घटनामा घरायसी समस्या देखिएको प्रहरीको भनाई छ ।

श्रीमतीले डिभोर्स मागेको हुँदा मरिदिन्छु भन्दै हाम फालेको भन्ने खुलेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक युवकले पुलबाट हाम फालेको भन्ने सूचना आएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठक नेतृत्वको ११ सदस्य टोली घटनास्थल पुगेको थियो । बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

Comments

सम्बन्धित खवर