दसैंका बेला बञ्चरोले हानेर श्रीमतीको हत्या
- आश्विन २६, २०८१ मा प्रकाशित
कैलाली । दसैंका बेला परिवारमा बसेर रमाइला गर्नु पर्ने बेला कैलालीका एक व्यक्तिले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । कैलालीको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।
बिहीबार राति १ बजे डम्बरले श्रीमती हिरादेवीलाई बञ्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
बञ्चरो प्रहार गर्ने श्रीमानलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, मालाखेतीको थुनुवा कक्षमा राखिएको छ । हिरादेवीको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments