•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:10:51 AM

दसैंमा संखुवासभाका कैदीबन्दीलाई खसी र नगद

- आश्विन २५, २०८१ मा प्रकाशित



खाँदबारी । संखुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ ।

बडादसैँको अवसरमा जिल्ला कारागारका एक सय ३४ कैदीबन्दीका लागि ३० किलो बराबरको खसी र नगद रु पाँच हजार उपलब्ध गराएको सङ्घका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले जानकारी दिए । उनले आज एक कार्यक्रमबीच निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेलाई नगदसहित खसी हस्तान्तरण गरेका थिए ।

सङ्घका महासचिव सरोज बज्राचार्यले कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सहयोग गरिएको बताए ।

Comments

सम्बन्धित खवर