•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:03:19 AM

तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव , काेशीकाे केहि जिल्लामा दिउसाे र राती मध्यम वर्षा हुने

- आश्विन २५, २०८१ मा प्रकाशित



इटहरी । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले पहाडी भू–भागमा बदली भइरहेको छ ।

आज (शुक्रबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली हुनेछ । कोशी प्रदेशका थोरै तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । आगामी २४ घण्टामा कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Comments

सम्बन्धित खवर