•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:10:47 AM

होटल व्यवसायी संघ इटहरीद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

- आश्विन २४, २०८१ मा प्रकाशित



इटहरी । होटल व्यवसायी संघ इटहरीले बडा दशैं, दिपावली ,नेपाल सम्वत र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन गरेको छ । चाडपर्वको समयमा होटल व्यवसायीहरूको भूमिका र जिम्मेवारी विशेष रूपमा महत्त्वपूर्ण हुन्छ, किनकि धेरै आगन्तुक र पर्यटकहरू यस समयमा आफ्नो घर बाहिर बास बस्न र खान पान गर्न होटलहरूमा निर्भर रहने भएकोले चाडपर्वको समयमा होटल व्यवसायीहरूले निम्न बुँदाहरूमा ध्यान दिनु आवश्यक रहेको कार्यक्रमका बत्ताहरुले बताएका छन् ।

आउदै गरेको नेपालीहरुको  महान पर्वको अवसरमा होटल ब्यवसाथीहरु विच एक आपसमा शुभकामना आदान प्रदान गर्दै ब्यवसायीहरुको समस्या,समाधान लगायतका विषयमा जानकार बनाउने उदेश्यले यो शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको होटल व्यवसायी संघका अध्यक्ष जय प्रसाद उपाधयले जानकारी दिए ।

संघकी उपाध्यक्ष पुनम थापा मगरको  संयोजकतवमा भएको कार्यक्रममा  संघका अध्यक्ष जय प्रसाद उपाधयको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष भीम बहादुर पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रविन गौतम, होटल व्यवसायी संघका  पूर्व उपाध्यक्ष मणिन्द्र बहादुर कटवाल ,संघका संस्थापक अध्यक्ष नारायण बहादुर तामाङ , राजा क्लबका अध्यक्ष सन्त बहादुर डुम्जन लगायतको सहभागिता रहेको थियो ।

Comments

सम्बन्धित खवर