•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:11:31 AM

वरिष्ठ गीतकार विश्व बल्लभको निधन

- आश्विन २४, २०८१ मा प्रकाशित



इटहरी ।वरिष्ठ गीतकार विश्व बल्लभको निधन भएको छ। माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा बुधबार ८० वर्षको उमेरमा उनको निधन भएको हो। गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जानकारी दिएका हुन्। गीतकार थापा बल्लभको उपचारको लागि अर्थ संकलनमासमेत सक्रिय थिए। रेडियो नेपालमा लामो समय जागीरे जीवन विताएका बल्लभ कवि तथा गितकार ईश्वर बल्लभका सहोदर भाइ हुन्।

उनकी पत्नीको दुई वर्षअघि नै निधन भएको थियो। तारादेवीले गाएको ‘शुभकामन’, अरुणा लामाले गाएको ‘भाग्यले खुसी खासेर लग्यो’, अमर तन्डुकारले गएको ‘धेरै दिनभयो तिम्रो झझल्को’ सहितका लोकप्रिय गित बल्लभले लेखेका छन्। उनको हिजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

Comments

सम्बन्धित खवर