•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:00:28 AM

राँगाले हानेर अस्ताए पाेखराका आचार्य, क्षत–विक्षत अवस्थामा भेटियो शव

- आश्विन २४, २०८१ मा प्रकाशित



पोखरा । पोखरामा राँगाले हानेर एक युवकको मृत्यु भएको छ । पोखरा–३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैंसी फर्ममा गएका बेला राँगाले हानेर मृत्यु भएको हो । उनी मंगलबार दाजु अन्यत्रै गएका बेला घाँसपानीका लागि फर्ममा गएका थिए ।

३७ वर्षका आचार्य पोखरा १७ बिरौटा बस्दै आएका थिए भने सिर्जना बोर्डिङ स्कुल र जनचेतन माविमा अध्यापनरत थिए । राँगोले हानेर उनको शव क्षत–विक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ । शवको पोस्टमार्टम गरी अन्त्येष्टि समेत गरिसकिएको पारिवारिक श्रोतले जनाएको छ ।

Comments

सम्बन्धित खवर