•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:00:36 AM

भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन

- आश्विन २४, २०८१ मा प्रकाशित



एजेन्सी । भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको गए राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । टाटा समूहका अनुसार उनले दुई दशकभन्दा बढी समयदेखि समूहको नेतृत्व गरेका थिए ।

टाटा भारतको अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापार नेताहरूमध्ये एक थिए । टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । टाटाको मृत्युको घोषणा गर्दै टाटा सन्सका वर्तमान अध्यक्षले उनलाई ‘वास्तवमै असामान्य नेता’ भनेर वर्णन गरेका छन् । उनको निधनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य विशिष्ठ व्यक्तिलगायतले शोक व्यक्त गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिका रुपमा सम्झिएका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन् । उनले व्यापार र परोपकारको क्षेत्रमा पहिचान बनाएका छन् । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ । रतन टाटाको सन् १९३७ डिसेम्बर २८ तारिखमा जन्म भएको थियो ।

Comments

सम्बन्धित खवर