फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता ,अन्तर्वार्ता लिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नै अनुपस्थित
- आश्विन १८, २०८१ मा प्रकाशित
काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आज (शुक्रबार) का लागि तय गरिएको अन्तर्वार्ता रोकिएको छ । छनोट सूचीमा परेका बाँकी तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको थियो । तर, आज पनि तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।
सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी अस्वस्थ रहेकोले अर्को सूचना जारी नहुँदासम्म अन्तर्वार्ता स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । बोर्डको अध्यक्ष पदका लागि नवराज अधिकारी, चिरञ्जिवि चापागाईं र कृष्णबहादुर कार्की संक्षिप्त सूचीमा समावेश छन् ।
यसअघि सर्टलिस्टमा परेर पनि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया शुरू गर्न समितिका तीनै सदस्य रहने गरी अर्को सिफारिस समिति बनाएको थियो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments