चितवनमा गोविन्दे हात्तीको आक्रमणबाट माउतेको मृत्यु
- आश्विन १८, २०८१ मा प्रकाशित
चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित खोरसोरमा जाने क्रममा बिहीवार साँझ करिब सात बजेतिर गोविन्दे हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।
‘बाहिरबाट सामान किनेर दुई जना खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदो रहेछ । सिमलको रुखमा लुकेर बसेको गोविन्दे हात्तीले आक्रमण गर्दा साँझ ७ बजेतिर एक जना कर्मचारीको मृत्यु भयो’ निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुन मगरले भने ।
उनी पछुवा पदमा कार्यरत थिए । पछिल्लो समय सिंह कतार पठाउन लागेको हात्ती खगेन्द्रप्रसादको रेखदेखमा खटिँदै आएको उनले बताए । अर्का एक जना भने भागेर बाँच्न सफल भएको उनले जानकारी दिएका छन् । गोविन्दे जंगली हात्ती हो । पोथी हात्तीको खोजीमा सौराहाको खोरसोरमा आउने गर्दछ । यसअघि झयाप्ले खोलाको पहिरोमा परेर निकुञ्जमा स्काउट पदमा कार्यरत तेजबहादुर विष्टको मृत्यु भएको थियो ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments