ससुराली हिंडेका युवकलाई खोलाले बगाउँदा बेपत्ता
- भाद्र २२, २०८१ मा प्रकाशित
मकवानपुर । मकवानपुरको पूर्वीक्षेत्रमा रहेको बकैया खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । रौतहट जिल्लास्थित पौराई गाउँपालिका–२ घर भएको २८ वर्षीय अकल माझी ससुराली जाने क्रममा खोला तर्दा बगाएको प्रहरीले जनाएको छ ।
मकवानपुर बकैया गाउँपालिका–६, जसपालस्थित फास्ट ट्रयाकमा काम गर्दै आएका माझी शुक्रबार दिउँसो २ बजे ससुराली हिँडेका थिए । उनी बकैया–६ जुइनामा जानलाई बकैया खोला तर्ने क्रममा बाढीले बगाएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् । उनका अनुसार माझीको खोजी कार्य भइरहेको छ ।
सम्बन्धित खवर
-
ताजा भाद्र ३१, २०८१माओवादीले सदन अवरोध खोल्यो, प्रतिनिधि सभा बैठक सुचारु
-
ताजा भाद्र ३१, २०८१‘प्रचण्ड’ लाई हत्यारा भन्ने चार जना चन्द्रगढी विमानस्थलबाट पक्राउ
-
ताजा भाद्र ३१, २०८१झापाकाे धानबालीमा देखियो ‘सिथ ब्लाइट’
-
ताजा भाद्र ३१, २०८१२०८२ मा भेट्ने वाचा सहित सकीयाे कटहरीमा कृषी एक्सपाे : एक लाखले गरे अवलाेकन
-
ताजा भाद्र ३१, २०८१ललितपुरबाट एक हजारका ११५ थान नक्कली नोटसहित युवक पक्राउ
Comments