कुखुराको खोरमा कटुवा पेस्तोल, झापाका आङदेम्बे पक्राउ
- भाद्र ५, २०८१ मा प्रकाशित
झापा । जिल्ला प्रहरी कार्यालय झापाले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–४ दहिझोडा बस्ने ६२ का ईन्द्रबहादुर आङ्देम्बे रहेका छन् ।
घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले तलासी लिँदा कुखुराको खोरको कासको छानोमा पेस्तोल बरामद भएको हो । प्रहरीले तिनलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments