कोशीका नव नियुक्त चार मन्त्रीले लिए शपथ
- माघ २७, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशका नव नियुक्त चार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज (शुक्रबार) कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री केदार कार्कीले चार जना मन्त्री तथा दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए । कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार र उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री तथा सामाजिक विकासमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का राजेन्द्र कार्की र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले दुई कांग्रेसका प्रदेशसभा सदस्यलाई राज्यमन्त्रीमा समेत नियुक्त गरेका छन् । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ राम नियुक्त भएका हुन् । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भइसकेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा मंसिर १८, २०८१रविलाई काठमाााडाै पछिि चितवन ल्याइयााे , सुरक्षा व्यवस्था बनााइयाे कडा
-
ताजा मंसिर १७, २०८१एमाले कोशी प्रदेशको प्रमुख सचेतकमा संखुवासभाका बिदुर लिङ्थेप
-
ताजा मंसिर १७, २०८१इटहरीका रेवती रमण भण्डारी कोशी सरकारकाे कानुन मन्त्रीमा नियुक्त : लिए शपथ
-
ताजा मंसिर १७, २०८१हिजो घटेको सुनको मूल्यमा आज थप गिरावट, चाँदी पनि सस्तियो
Comments