तिज पर्वको अवसरमा विपन्न तथा जेहन्दार छात्रालाई आर्थिक सहयोग
- भाद्र २६, २०८० मा प्रकाशित
सुनसरी । अखिल नेपाल महिला संघ इटहरी २ नम्बर वडा कार्य समितिले तिज पर्वको अवसरमा इटहरी २ स्थित महेन्द्र माविका पाँच जना विपन्न तथा जेहन्दार छात्रालाई आर्थिक सहयोग गरेको छ ।
कक्षा १२ मा अध्यनरत कल्पना खड्का, अनिशा चौधरी, इन्दिरा मगर र कक्षा ११ मा अध्यनरत छात्रा प्रिति दर्जि र सध्या राईलाई जनही दुई हजार रुपैयाका दरले आर्थिक सहयोग गरेको हो ।
अखिल नेपाल महिला संघ नेकपा एमालेको भातृ संगठन इटहरी २ नम्बर वडा कमिटिकी अध्यक्ष मञ्जु राईको अध्यक्षता कार्यक्रम भएको थियोे । पछिल्लो समय तिज विकृति बढ्दै गएको हुँदा परिष्कृत बनाउन महिलाद्वारा महिलालाई सहयोग गरिएको संघकी केन्द्रीय सदस्य रूकमिणि कोइरालाले बताइन् । छात्राहरुलाई थोरै भएपनि आर्थिक सहयोग गरी अध्ययनमा प्रोत्साहित गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments