भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ
- भाद्र ५, २०८० मा प्रकाशित
काठमाडौँ । भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।
हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पनि ९९ प्रतिशत नै रोपाइँ सकिएको छ ।
गत वर्ष यही समयमा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । यस वर्ष ढिला वर्षा भएकाले कम प्रतिशत रोपाइँ भएको हो । धेरै धान उत्पादन हुने मधेश प्रदेशमा सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments