सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै
- श्रावण २३, २०८० मा प्रकाशित
काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्ने छ ।
सभामुख घिमिरेसहित हिजो (सोमबार) बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको हो । सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच हिजो दुई पटक छलफल भएको थियो । पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको थियो ।
सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक हिजो पनि बस्न सकेन । एमालेले करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । एमालेको मागमा सरकार सहमत भएको छैन । प्रतिनिधिसभाको बैठक बस्न नसक्दा कानुन निर्माणको काममा ढिलाई हुनुका साथै जनसरोकारका विषय संसदमा उठ्न पाएको छैन ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments