•  ८ मंसिर २०८१, शनिबार
  •  7:34:43 AM

जङ्गली च्याउ खाँदा छोराको मृत्यु, आमा गम्भीर बिरामी

- श्रावण १९, २०८० मा प्रकाशित



जाजरकोट । जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् ।

हिजो (बिहीबार) बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुनिल थापा नेपालीले जानकारी दिए । उनका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो ।

यस्तै तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी परेकी छन् । उनको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर नेपालीले बताए ।

Comments

सम्बन्धित खवर