•  ७ मंसिर २०८१, शुक्रबार
  •  7:58:55 PM

काेशी प्रदेशमा आँखा पाक्ने राेगका बिरामी बढे , बालबालिकाहरू प्रभावित

- श्रावण १६, २०८० मा प्रकाशित

प्रदेश राजधानी विराटनगरसहित इटहरी, इनरुवा, बिर्तामोड, दमकलगायतका सहरी क्षेत्रमा आँखा पाक्ने समस्या फैलिइरहेको हो । प्रदेशको स्वास्थ्य मन्त्रालयले बढी मात्रामा बालबालिका प्रभावित बनिरहेको जनाएको छ । चिकित्सकका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण एकबाट अर्कोमा चाँडो सर्छ । पढ्नलाई विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरुबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ । तर, यसको रोकथामका लागि कुनै उपाय अवलम्बन गरिएको छैन ।

प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी विद्यालयहरुमा विद्यार्थीको आँखा पाक्ने समस्या प्रकोपजस्तै देखिएको बताउँछन् । ‘एउटा विद्यालयमा दैनिक १५ जनाभन्दा बढी विद्यार्थी आँखा पाक्ने समस्या लिएर आउँछन् । सामान्य समस्या हुने विद्यार्थीलाई चश्माको प्रयोग गर्न आग्रह गरिएको छ,’ उनले भने, ‘आँखा पाकेर पोल्ने तथा दुख्ने समस्या भएकालाई दुई–चार दिन विद्यालय नआउन आग्रह गर्ने गरिन्छ । विद्यार्थीमा व्यापक फैलिइरहेका कारण अब कसो गर्नेभन्ने छलफल प्याब्सनमा गरेर निर्णय लिन्छौं ।’

अभिभावक पुरुषोत्तम अधिकारी स्वास्थ्य संस्था र विद्यालय आँखा पाक्ने प्रकोपको ‘ट्रान्जिट’ बनेको बताउँछन् । नेत्ररोग विशेषज्ञहरु पछिल्लो समय ‘एडिनो’ भाइरसका कारण निम्तिएको आँखा पाक्ने समस्या भाइरलका रूपमा फैलिरहेको बताउँछन् । मौसममा भइरहेको फेरबदल, धुलो, धुवाँ, आँखाको सुरक्षामा हेरचेक्राइँ, असावधानी आदि कारणबाट आँखा पाक्ने रोगले प्रकोपकै रूप लिएको चिकित्सक बताउँछन् ।

संक्रमण भएका बालकालिकामा आँखा रातो हुने, कचेरा आउने, आँखा टालिने, सुन्निने, अत्यधिक दुख्ने, पोल्ने, हेर्न गाह्रो पर्ने, निरन्तर आँसु बग्नेलगायतका समस्या देखिएको छ । बालबालिकाबाट ठूला मान्छेमा पनि संक्रमण सरिरहेको चिकित्सक बताउँछन् । उनीहरुका अनुसार अँग्रेजीमा यो संक्रमणलाई ‘कन्जक्टिवाइटिस’ भनिन्छ । आँखाको संक्रमण भीडभाडका कारण एकबाट अर्कोमा चाँडो सर्ने विराटनगर आँखा अस्पतालका प्रवन्धक कुमार पृथुले बताए ।

‘परिवारमा एउटालाई समस्या हुँदा अर्कोलाई चाँडो सर्छ । विद्यालयमा समूहमा पढाइ हुने हुँदा बालबालिकामा तीव्र गतिमा फैलिइरहेको छ,’ पृथुले भने, ‘सार्वजनिकस्थलमा सावधानी नअपनाउँदा झन् समस्या बढ्दो छ । संक्रमण हुन नदिन र आँखाको सुरक्षामा सबैले ध्यान दिनुपर्छ ।’ पृथुका अनुसार आँखा पाक्ने समस्या लिएर अस्पतालमा मात्रै दैनिक दुई सयभन्दा बढी आउन थालेका छन् ।

वरिष्ठ नेत्ररोग विशेष डा. प्रज्ञ लुइँटेल संक्रमण भएको आँखालाई परबाट हेर्दा मात्रै यो रोग नसर्ने बताउँछन् । ‘संक्रमितसँगको सम्पर्क, एउटै कपडालगायतका वस्तुको प्रयोग, स्वीमिङ पुल आदिबाट चाँडो सर्छ । संक्रमण भएको आँखा माडेर अरुलाई छोएमा पनि सर्छ,’ उनले भने, ‘यसबाट बच्न सावधानी र आँखाको सुरक्षामा ध्यान दिनु नै उत्तम हुन्छ । आँखा पाक्ने अरुपनि धेरै कारणहरु हुन्छन् ।’

आँखा पाकेमा तत्काल चिकित्सकको सम्पर्कमा गएर औषधि प्रयोग गर्नुपर्ने डा. लुइँटेलको भनाइ छ । ‘समयमै उपचार नहुँदा आँखाको नानीमा असर गर्नसक्छ । हेलचेक्राइँ गर्दा ज्योति गुम्न सक्छ,’ उनी भन्छन्, ‘अरु खालका संक्रमण नहोस् भनेर ‘एन्टिबायोटिक’ पनि चलाउनुपर्ने हुनसक्छ । बेलैमा ध्यान दिँदा मात्रै आँखालाई बचाउन सकिन्छ ।’ उनले पाकेको आँखा निको हुन एकदेखि दुई हप्तासम्म लाग्ने जानकारी दिए ।

‘कहिले काहीँ ‘आइड्रप’ प्रयोग गर्दा निको हुन्छ । तर, कुनैबेला समस्या जटिल बनिदिन्छ,’ डा. लुइँटेलले भने, ‘दृष्टि नै गुम्ने खतरा हुने हुँदा आँखाको सुरक्षाका सवालमा लापरबाही गर्न हुँदैन । समयमै चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ ।’

उनका अनुसार आँखा पाक्दा सित्तल बनाउन ‘आइड्रप’, औषधि तथा चश्माको प्रयोग, चिसोले सेक्ने, नमाड्ने, चिसो पानीले नियमित सरसफाई गर्ने, धुलो र धुवाँबाट बच्ने, पर्याप्त पानी पिउने, आँखालाई आराम दिने आदिमा ध्यान दिनुपर्छ । आँखा पाकेमा सार्वजनिक हिसाबले हिँडडुल नगर्दा र सरसफाईमा ध्यान दिँदा, सवाधानी अपनाउँदा तथा बाहिर निस्किनु परेमा चश्माको प्रयोग गर्दा अरुलाई संक्रमण नसर्ने उनको भनाइ छ ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अली पछिल्लो समय आँखा पाक्ने समस्याले प्रकोपको रूप लिइरहेको बताउँछन् । समयमै प्रकोप नियन्त्रण गर्न केन्द्र तथा प्रदेश सरकारदेखि सबै निकायबीचको समन्वय आवश्यक देखिएको अलीले बताए ।

इटहरी । बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । कोशी प्रदेशको सहरी क्षेत्रमा एक सातायता आँखा पाक्ने रोगले प्रकोपको रूप लिएको हो । यो प्रकोप सहरी क्षेत्रका बालबालिकामा तीव्र गतिमा फैलिइरहेको छ । विद्यालय, आँखा अस्पताललगायत भीडभाड धेरै हुने सार्वजनिकस्थल यसको प्रमुख स्रोत बनेका छन् ।

Comments

सम्बन्धित खवर