ओलीको आरोप : प्रचण्डले एमालेको रकम खाए, एक पैसा बुझाएनन्
- श्रावण १३, २०८० मा प्रकाशित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग एकता भनिए पनि एकता हुँदै नभएको बताएका छन् । जनसंगठन समन्वय समितिको बैठकमा ओलीले प्रचण्डले नेकपाकालमा पनि आफ्नो पार्टी जीवितै राखेको आरोप लगाएका हुन् ।
प्रचण्डले वास्तविक रूपमा पार्टी एकता हुन नदिएको ओलीको आरोप छ । ‘माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन । कतिवटा संगठन एकता भएन । भए पनि तेल एकातिर पानी एकातिर’, ओलीले भने, ‘मिक्सअप नै हुन सकेन । हुनै दिइएन ।’
नेकपा बनेपछि आफूहरूले एमालेको छुट्टै भेला बैठक नराखेको बताउँदै ओलीले प्रचण्डले ती सबै गरेको आरोप लगाए । ‘हामीले कहिल्यै पनि छुट्टे भेला बैठक गरेनौँ । प्रचण्डले आफ्नो पार्टी जीवितै राखे । आफ्नो पार्टीको मिटिङ बैठक सबै अलग गरिनै राखे’, उनले भने ।
पार्टी एकतापछि प्रचण्डले एमालेको रकम खर्च गरेको तर, त्यसको हिसाब नदेखाएको ओलीको आरोप छ । ‘आफ्नो हिसाबकिताव कहिल्यै बुझाएनन् । रकम कहिल्यै बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले एमालेको रकम खाए, एमालेको रकम पिए सबै गरे’ ओलीले थपे, ‘एमालेमा एक पैसा दाखिल पनि गरेनन् । हिसाब पनि दाखिल गरेनन् । केही पनि दाखिल गरेनन् । कार्यालय पनि दाखिल गरेनन् ।’
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments