•  ९ मंसिर २०८१, आईतवार
  •  7:24:53 AM

कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस हुँदै

- श्रावण ७, २०८० मा प्रकाशित



काठमाडौं । कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आज (अइतबार) देखि बहस हुने भएको छ । कोशी सरकार गठन असंवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो ।

सो प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायधीश मल्लले विपक्षी समेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन् । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गरेपछि आजदेखि कोशी सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो ।

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरेपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनुपर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ । जसमा आजबाट दुवै पक्षले आफनो तर्फबाट बहस गर्नेछन् ।

Comments

सम्बन्धित खवर