सावधान चार्जमा राखेर माेवाइल चलाउदै हुनुहुन्छ ? करेन्ट लागेर झापामा महिलाकाे मृत्यु
- असार ३०, २०८० मा प्रकाशित
झापा । झापामा चार्जमा राखेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीगञ्ज गाउँपालिका–१ का जगतबहादुर श्रेष्ठकी श्रीमती ५५ वर्षीय शिला बुढाथोकी रहेकी छन् ।
खेतमा काम गरेर घर फर्किए लगत्तै चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् । सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments