सुनसरी, मोरङ र सप्तरीका यी स्थानमा हुदैछ भारी वर्षा : बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी
- असार २९, २०८० मा प्रकाशित
इटहरी । सुनसरी, मोरङ र सप्तरीमा अहिले भारी वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा मात्रै यी जिल्लामा एक सय मिलिलिटर भन्दा बढी पानी परेको पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया २४ घण्टामा यति धेरै पानी पर्ने हुन्छ ।
अहिले मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको पूर्वानुमान महाशाखाले जनाएको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ तथा हरैचा आसपास अति ठूलो पानी परेकाले बाढी र डुबानको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँका बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत साना खोलामा आकस्मिक बाढीका साथै होचा ठाउँमा डुबानको उच्च जोखिम छ ।
बिहान ११ बजेसम्म नै यी क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै मौसमविद्का अनुसार सप्तरीको बर्माजियामा पनि अति ठूलो वर्षा भएको छ । बाढी–पहिरोको जोखिम रहेकाले त्यहाँ पनि सतर्कता अपनाउन मौसमविद् गोविन्द झाको आग्रह छ ।
आज बिहान ६ बजे जारी गरिएको सूचनामा भनिएको छ, ‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अतिभारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अतिउच्च सतर्कता अपनाऔं ।’
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments