•  ७ मंसिर २०८१, शुक्रबार
  •  1:41:54 AM

तराइका जिल्लाहरूमा बिहानै देखि भारी वर्षा : सुनसरी र माेरङमा ‘अलर्ट’ जारी

- असार २७, २०८० मा प्रकाशित



इटहरी । मनसुन सकृिय भए यता तराइका जिल्लाहरूमा बुधबार बिहानै देखि भारी वर्षा भइरहेकाे छ । वर्षाका कारण सुनसरी र माेरका अधिकांश शहरहरू अहिले जलमग्न बनेका छन ।

सुनसरिकाे इटहरी , तरहरा भारि वर्षाका कारण जलमग्न बनेका छन भने माेरङकाे केहि जिल्लाहरूमा पनि बाढि पसेकाे बताइएकाे छ । यसै बिच जल तथा माैसम बिभागले पनि सुनसरी र माेरङमा ‘अलर्ट’ जारी गरेकाे छ ।

बिभागले भनेकाे ‘पछिल्लो १–३ घण्टामा सुनसरीको तरहरा, धरान र मोरङको हरैँचा आसपास भारी वर्षा भईरहेकाले उक्त स्थान भई बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।’बिहानै देखि परेकाे अविरल वर्षाले सुनसरिकाे इटहरीउपमहानगर क्षेत्रका केहि स्थानमा बाडि छिरेर सडक जलमग्न बनेका छन ।

Comments

सम्बन्धित खवर