कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा
- असार २४, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज (आइतबार) नहुने भएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट ‘हेर्न नभ्याइने’ मा परेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए । डिभिजन बेञ्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने जानकारी न्यायाधीशले गराएका हुन् । कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक भएको भन्दै नेकपा एमाले कोशी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments