इटहरी –धरान सिमा विवाद : जिल्ला समन्वय समितिले समिति गठन गरेर सामधानकाे पहल गर्ने
- असार २१, २०८० मा प्रकाशित
इटहरी । सुनसरीको धरान र इटहरी उपमहानगरपालिकाको सीमा विवाद मिलाउन जिल्ला समन्वय समितिले एक समिति गठन गर्ने भएको छ । जिल्ला समन्वय समितिका सभापति राजन मेहताले अन्तरिक रुपमा समस्या समाधानको गृहकार्य भइरहेको बताउँदै समिति गठन गर्ने जानकारी दिएका हुन् ।
साविक हाँसपोशा गाविस हुँदादेखिकै सीमा क्षेत्र अध्ययन भइरहेको जानकारी दिँदै मेहताले हाँसपोसा समायोजन हुँदा धरान र इटहरीमा के कति क्षेत्र गाभिएको हो भन्ने अध्ययन भइरहेको बताए । नापी र मालपोत कार्यालयसँग पनि यो बिषयमा आवश्यक समन्वय हुने उनको भनाइ छ ।
सभापति मेहताले समितिको बैठक बसेर जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा एक समिति गठन गर्ने बताए । यसको लागि धरान र इटहरीका मेयरसँग पनि कुराकानी भएको उनको भनाइ छ ।
धरानबाट सीमा विवाद मिलाउन पहिल्यै पत्राचार भएको जानकारी दिँदै अध्ययन भइरहँदा पुनः नयाँ विवाद सिर्जना भएको मेहताले बताए । राज्यले सीमा निर्धारण गरेकोले त्यसमा अध्ययनबाट स्पष्ट हुने उनको भनाइ छ ।
धरान उपमहानगरपालिकाले सोमबार इटहरीसँगको सीमा क्षेत्र पानीपियामा सीमा प्रारम्भ बोर्ड राखेको थियो । केही समयपछि इटहरीको टोलीले उक्त बोर्ड झिकेर फालेको थियो् । यसअघि गत बैशाखमा धरानले सोही स्थानमा राखेको बोर्ड राष्ट्रिय युवा संघ इटहरीले उखेलेर लगेको थियो ।
नापी विभागले जारी गरेको नक्सामा धरान र इटहरीको सीमा क्षेत्र पानीपिया उल्लेख छ । तर, इटहरीले उक्त सीमा क्षेत्रलाई स्वीकार गरेको छैन ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
-
ताजा कार्तिक १६, २०८१रुसले गुगलमाथि लगायो विश्वभरको रकम जोड्दा पनि नपुग्ने जरिवाना
-
ताजा कार्तिक १६, २०८१तीन पटकको च्याम्पियन इङ्ल्याण्डमाथि नेपालको शानदार जित
Comments