•  १६ मंसिर २०८१, आईतवार
  •  10:31:05 PM

तीन पटकको च्याम्पियन इङ्ल्याण्डमाथि नेपालको शानदार जित

- कार्तिक १६, २०८१ मा प्रकाशित



एजेन्सी। इङ्ल्याण्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ। आज (शुक्रबार) भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्याण्डलाई छ विकेटले हराएको हो ।

इङ्ल्याण्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्‍यो । नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिडायर्ड भए । यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले छ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

इङ्ल्याण्डका लागि कप्तान रवि भोपारले सर्वाधिक ४९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई, नारायण जोशी, विबेक यादव र लोकेश बलले समान एक विकेट लिए । नेपालले प्रतियोगिता पहिलो पटक खेलेको हो। प्रतियोगितामा नेपालले भोलि अस्ट्रेलियासँग खेल्ने छ । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ । नेपालले अब शनिबार अस्ट्रेलियाको सामना गर्नेछ ।

Comments

सम्बन्धित खवर