•  ७ मंसिर २०८१, शुक्रबार
  •  1:38:20 AM

आजकाे माैसम : काेशी प्रदेशमा चट्याङ सहित भारी वर्षाकाे सम्भावना : तराइमा हावाहुरी

- असार २१, २०८० मा प्रकाशित



इटहरी । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । अधिकांश प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (बिहीबार) दिउँसो देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

आज राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comments

सम्बन्धित खवर