इटहरीमा ट्रिपरले महिला मारेपछि स्थिती तनावग्रस्त , आक्राेशित भिडले ट्राफिक डिभाइडर र बाेर्ड जलाए
- असार १९, २०८० मा प्रकाशित
इटहरी । इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मंगलवार दिउँसो ३ बजे ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको हो ।टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
टिपरको ठक्करबाट मृत्यु भएपछि अहिले इटहरी बजारको अवस्था तनावग्रस्त बनेको छ । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । अहिले इटहरी चोकमा बाक्लो सुरक्षा फौज परिचालन गरि स्थिति नियन्त्रणमा लिने प्रयास गरिदै छ।आक्राेशित भिडले इटहरीकाे पश्चिमलाइनमा राखिएका जनचेतनामुलक ट्राफिक चिन्ह भएकाे डिभाइडर र बाेर्डहर जलाएका छन ।
भिडले जथाभावी ढुंगा बर्साउदा २ जना प्रहरी घाइते बनेका छन । घटनापछि प्रहरीले निकै संयमता अपनाएर ट्रिपरलाइ काेशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी पुर्याएकाे थियाे ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments