कोशी प्रदेशमा नयाँ सरकार गठनमा सकस, मध्यावधिको संभावना?
- असार १९, २०८० मा प्रकाशित
इटहरी । नेकपा एमाले नेतृत्वको कोसी प्रदेश सरकार अल्पमतमा परेसँगै बहुमतको सरकार गठनमा दलहरूलाई सकस देखिएको छ।प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले नेतृत्वको सरकार ढलेसँगै दोस्रो ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ। तर बहुमत जुटाउने विषयमा गठबन्धन केही बोलेको छैन।
गठबन्धनले नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ। तर कोशी प्रदेशको जटिल अंक गणितका कारण गठबन्धनलाई बहुमत पुर्याउन सकस पर्ने देखिएको छ। गठबन्धनले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने र बहुमत पुर्याउने जिम्मा पनि कांग्रेसकै भएको जनाएको छ।
नयाँ सरकार गठनका लागि कोसी प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिएको असार २१ गते बेलुका ५ बजेसम्मको समयमा बहुमत जुटाउन निकै सकस देखिएको छ।संघीय सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरूले सरकारका गठनका लागि आवश्यक बहुमत पुर्याउन नसक्दा प्रदेशसभा मध्यावधितर्फ जान सक्ने खतरा बढेको छ।
यसअघि एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र, राप्रपा र जसपा सहभागी थिए। माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार ढलेको थियो।तर नयाँ सरकार गठनका लागि वर्तमान गठबन्धनसँग बहुमत छैन। गठबन्धनमा बहुमत पुग्न राप्रपाले समर्थन गर्नुपर्छ। तर गठबन्धनले मुख्यमन्त्रीमा अघि सारेको उद्धव थापालाई राप्रपाले मुख्यमन्त्रीमा समर्थन गर्ने संभावना नरहेको राप्रपाका नेताहरुले बताउँदै आएका छन्।
कोशी प्रदेशमा एमाले र राप्रपा एक ठाउँमा उभिँदा गठबन्धनलाई मुख्यमन्त्रीमा दाबी गर्न सकस पर्ने छ। कोशीमा माओवादी केन्द्रबाट निर्वाचित बाबुराम गौतम सभामुख छन्।उनी सरकार गठन प्रक्रियामा सहभागी हुन मिल्दैन। गौतमलाई छोड्दा गठबन्धनसँग पनि ४६ सिट मात्रै छ। जुन बहुमतका लागि एक सिट कम हो। एमाले र राप्रपा मिल्दा पनि ४६ सिट मात्रै हुन्छ।
अहिले गठबन्धनले विभिन्न विकल्प अगाडि सार्दै राप्रपालाई पनि सरकारमा सहभागी गराउने प्रयास जारी राखेको छ। तर राप्रपा तत्काल गठबन्धनलाई गर्ने पक्षमा देखिँदैन।त्यस्तो अवस्थामा सर्वदलीय साझा सहमतिको सरकार बनाउनुपर्ने हुन सक्छ। त्यो पनि भएन भने ठूलो दलको हैसियतले सरकार बनाउने अभ्यासमा समेत जानुपर्ने हुन सक्छ। यी सबै विकल्प अपनाएर पनि सरकार बन्ने स्थिति नआए मध्यावधि निर्वाचनमा जानुपर्छ।
एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारले संसद्बाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले यही २१ गते साँझ ५ बजेसम्ममा अर्को सरकार गठनको आह्वान गरेका छन्।एमाले-राप्रपाको सरकार अल्पमतमा परेसँगै केन्द्रीय सरकारको सत्ता गठबन्धन कांग्रेस, माओवादी, नेकपा एस, जसपासमेत मिलेर बहुमतको सरकार बनाउने बाटो खुलेको छ।
तर, उनीहरूसँग पनि आवश्यक बहुमत नभएपछि राप्रपालाई जसरी पनि मनाउनुपर्ने बाध्यता दलहरूलाई छ। अथवा गठबन्धनको सरकार निर्माणका लागि सभामुखलाई फिर्ता बोलाउनुपर्ने बाध्यात्मक परिस्थिति कोसी प्रदेशमा छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
-
ताजा कार्तिक १६, २०८१रुसले गुगलमाथि लगायो विश्वभरको रकम जोड्दा पनि नपुग्ने जरिवाना
-
ताजा कार्तिक १६, २०८१तीन पटकको च्याम्पियन इङ्ल्याण्डमाथि नेपालको शानदार जित
Comments