हेवाखोलामा ‘डाइभर्सन’ बनाई पाँचथर–ताप्लेजुङ सडक खण्ड सञ्चालन
- असार १८, २०८० मा प्रकाशित
पाँचथर । पाँचथरको हेवाखोलामा ‘डाइभर्सन’ बनाई मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम–ताप्लेजुङ सडक खण्ड सञ्चालनमा ल्याइएको छ । हेवाखोलामा ह्युम पाइप र पेनस्टक पाइप राखेर डाइभर्सन निर्माण गरिएपछि गए रातिदेखि यो सडक खण्डमा गाडी चल्न थालेको हो ।
हिलिहाङ–७ र फिदिम–४ जोड्ने हेवाखोलामा असार १२ र १३ गते दुई पटक डाइभर्सन निर्माण गरेर सडक सञ्चालनमा ल्याए पनि पुनः बाढी आएपछि गएको बिहीवारदेखि आवागमन ठप्प भएको थियो ।
असार २ गते शनिवार राति हेवाखोलामा आएको बाढीले बेलिब्रिज र मोटरेबल पुल बगाएपछि यो सडक खण्ड पटक–पटक बन्द हुँदै र खुल्दै आएको छ ।
बाढीले पुल बगाएपछि हेवा खोला पारि पर्ने पाँचथरका फालेलुङ, हिलिहाङ र याङवरकसँगै ताप्लेजुङ जिल्लाको सडक सम्पर्क टुटेको थियो । पुल बगेको ठाउँमा सडक डिभिजन इलामले बेलिब्रिज निर्माणको काम गरिरहेको छ । तर बेलिब्रिज निर्माणको काम सुस्त भएको स्थानीयको गुनासो छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments