•  ८ मंसिर २०८१, शनिबार
  •  5:56:20 AM

पाँचथरमा बाढीले बगाउँदा छ जना बेपत्ता

- असार ३, २०८० मा प्रकाशित



फिदिम । दुइ दिन देखि लगातार परेकाे वर्षासँगै गए राति आएको बाढीले बगाउदा पाँचथरमा  छ जना बेपत्ता भएका छन् । जिल्ला  प्रहरी कार्यालय पाँचथरका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएका हुन ।  

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । 

बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ । यस्तै याङवरक गाउँपालिका ३ र २ मा पनि घर बगाएको छ तर क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर