कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’: एक हजार एक सय पशु मरे
- जेष्ठ ३१, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।
मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल जाने गाईभैँसीमा बढी मात्रामा सङ्क्रमण देखिएको बेलबारीका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताउनुभयो ।
बेलबारी–११ लक्ष्मीमार्गका चक्रप्रसाद न्यौपानेका गोठका पाँचवटै गाईबाच्छा लम्पीस्किन रोगबाट सङ्क्रमित छन् । सङ्क्रमितमध्ये एउटा बाच्छो मरिसकेको न्यौपानेले बताउनुभयो । उहाँका जस्तै गाउँका धेरै गाईभैँसी सङ्क्रमित भएका छन् ।
पशु विकास अधिकृत बाबुराम बस्नेतका अनुसार बेलबारीमा मात्रै दुई सयभन्दा धेरै गाईगोरुमा लम्पीस्किन रोगको सङ्क्रमण देखिएको छ र केही भैँसीमा पनि लक्षण देखिएको बताउनुभयो ।
पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिनु, गिर्खा आउनु, घाउजस्तो भएर पिप बग्नु, उच्च ज्वरो आउनु लम्पीस्किन रोगका लक्षण भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङका वरिष्ठ पशुसेवा अधिकृत डा अजय शाहको भनाइ छ ।
मोरङको १७ वटै पालिकामा सङ्क्रमण फैलिएको र जसमध्ये लेटाङका धेरै पशुमा रोगको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।रोगी पशुको उपचार खोप मात्रै भएको भन्दै उहाँले हाल धेरै पालिकामार्फत खोप उपलब्ध गराउन थालिएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments