संसदमा गोकुल बाँस्कोटाको प्रश्न : एनप्रसाद गौतम र राजु भुजेल शहीद कि गद्दार ?
- जेष्ठ ७, २०८० मा प्रकाशित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले आफ्नो जिल्ला काभ्रेका एनप्रसाद गौतम र राजु भुजेलबारे संसदबाट प्रश्न उठाएका छन् ।
आफ्नो गृह जिल्लाका पूर्व माओवादी नेता गौतम र भूजेल शहीद हो कि गद्धार हो ? भन्दै सांसद बास्कोटाले प्रश्न गरेका छन् ।
‘सरकारले झण्डै ६÷७ हजार मान्छेलाई शहीदको सूची निकाल्यो । मेरो जिल्लाका पूर्व माओवादी नेता एनप्रसाद गौतम शहीद हो कि गद्धार हो ? राजु भूजेल शहीद हो कि गद्धार हो ?,’ संसदको शून्य समयमा बोल्दै बास्कोटाले भने, ‘यसको जवाफ चाहियो । न राज्य जिम्मा लिन्छ न तत्कालीन विद्रोही । यो कसरी निकालियो यो प्रश्न छ ।’
उनले पहिला विद्रोहीले धराप थाप्ने भएको भए पनि अहिले सरकारले धराप थापेको पनि बताए । ‘पहिला पहिला विद्रोहीले धराप थाप्थ्यो, अहिले सरकारले थाप्यो । २५१ जना मान्छेलाई घाइते बनायो धुलिखेलदेखि दिनहुँ । यसको प्रबन्ध गरोस्, या त काम गराओस्,’ बास्कोटाले भने ।
यस्तै सांसद बास्कोटाले काभ्रेको पाँचखालमा शनिबार साँझ ५६ वर्ष यताकै ठूलो पानी परेको भन्दै त्यसले किसानको बाली सखाप पारिदिएको जानकारी संसद्लाई गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा सांसद बास्कोटाले मुसलधारे वर्षाले किसानको उत्पादन सखाप पारिदिएको बताए । ‘५६ वर्षपछि पाँचखालमा शनिबार राति परेको असिना पानीले दशौं करोडको क्षति गरेको छ, किसानको बाली नष्ट भएको छ’, सांसद बास्कोटाले भने, ‘बाली बिमा गरियोस् । किसानलाई क्षतिपूर्ति दिइयोस् ।’
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
-
ताजा कार्तिक १६, २०८१रुसले गुगलमाथि लगायो विश्वभरको रकम जोड्दा पनि नपुग्ने जरिवाना
-
ताजा कार्तिक १६, २०८१तीन पटकको च्याम्पियन इङ्ल्याण्डमाथि नेपालको शानदार जित
Comments