•  ८ मंसिर २०८१, शनिबार
  •  11:36:09 PM

महाकालीबाट मेची साइकल यात्रामा निस्केका तीनजना दलित महिला पत्रकारहरूलाई इटहरीमा स्वागत सम्मान 

- बैशाख २५, २०८० मा प्रकाशित



इटहरी । महाकाली नदि रहेको भारतिय सिमा क्षेत्रको गाउबाट बैसाख ६ गते देखि साइकल यात्रामा निस्केका दलित महिला सञ्चारकर्मीहरू साेमबार इटहरी आइपुगेका छन । राष्ट्रिय दलित पत्रकार संघमा आवद्ध तिन जना महिला सञ्चारकर्मीहरू साेमबार इटहरी आइपुगेका हुन । यात्रीहरु रिता रिदम्बरी , इन्दिरा बिक र संगीता बिकलाइ इटहरीमा स्वागत सम्मान गरिएकाे हाे ।

मुलुकमा गणतन्त्र स्थापनापछि पनि जातीय बिभेद जस्ताकाे तस्तै रहेकाे र यस्ता सामाजिक बिकृती अन्त्यकाे नारा सहित आफुहरू महाकाली देखि मेची सम्मकाे साइकल यात्रामा निस्किएकाे साइकल यात्री सञ्चारकर्मी इन्दिरा बिकले बताउनुभयाे । सञ्चारकर्मीहरू संग बाेल्दै यात्री बिकले स्थानिय तह देखि संघिय सरकारमा रहने सम्बन्धित सराेकारवाला र जिम्मेवार ब्याक्तीहरूलाइ झक झकाउन पनि याे अभियान चालिएकाे बताउनुभयाे ।

 इटहरीमा अग्रज पत्रकार ,समाजसेवी र   नेकपा एस निकटको मोर्चा सङ्ठन नेपाल दलित मुक्ती सङठनको सुनसरी स्थित इटहरी कमिटी अध्य्क्ष बेचन परियार,रास्ट्रीय दलित पत्रकारका केन्द्रीय सद्स्य पीबि दियालीको सन्युक्त पहलमा उहाहरूलाइ स्वागत सम्मान गरिएकाे थियाे । महाकालीकाे यात्रा सकेर मेची तर्फ निस्किएका महिला सञ्चारकर्मीहरूलाइ इटहरीमा केहि नगद सहयाेग गरिएकाे थियाे ।

Comments

सम्बन्धित खवर